भक्तपुर । मतदान गर्ने दिन जतिजति नजिकिँदैछ स्थानीय तहका उम्मेदवारकाे व्यस्तता पनि उतिनै बढ्दैछ । उम्मेदवारहरू कति व्यस्त छन् भन्ने दृश्य भक्तपुरका चार स्थानीय तहमा देख्न सकिन्छ । मतदान गर्न चार दिन मात्रै बाँकी हुँदा यहाँका उम्मेदावरहरूकाे रात दिन एक बनाएर चुनावी अभियानमा लागिरहेका छन् ।
काठमाडाैं उपत्यकाको भक्तपुरका चार वटा नगरपालिकाका सबै वडामा मुख्य मुख्य दलका उम्मेदवारहरू मतदाताकाे घरमा पुगिरहेका छन्, त्यस्तै स्वतन्त्र उम्मेदवारहरूको बेग्लै अभियान छदैँछ ।
भक्तपुरमा एकातिर नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनकाे तामझाँम छ भने नेकपा एमाले पनि अनौपचारिक रुपमा विभिन्न पार्टी र व्यक्तिहरूसँग गठबन्धन गरिरहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भक्तपुरका तीन वटा नगरमा नगरप्रमुख पद एमालेले हात पारेको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरमा आफ्नो जित सुरक्षित गरेको थियो ।
मतदाताहरू पनि उनीहरूलाई हिजो गरेका प्रतिबद्धताको मूल्यांकन गर्दै हिजोकै अनुहार मत माग्न आफ्नाे घरआँगमा आउँदा प्रश्न सोध्न थालेका छन्— हिजो गरेका प्रतिबद्धता पूरा भए त ? विकास र समृद्धिकाे नारा कता गयो ? फेरी आफ्ना कवाेल पूरा गर्ने भन्दै थप पाँच वर्ष माग्दै हाम्रा घरदैंलोमा आउन तपाईहरूलाई कुन नैतिकताले दियो ? हामीमाथि कतिसम्मको झूठको खेती गर्दै हुनुहुन्छ ?
जनताका यावत प्रश्नहरूबीच भक्तपुरको महत्वपूर्ण नगरपालिका मानिँदैं आएको सूर्यविनायक नगरपालिकामा एमालेले पुरानै नेतृत्वलाई अगाडि सार्नुको औचित्यमाथि पनि पार्टीपङ्तीबाटै प्रश्न उठिरहेको छ । पसलपसल, टोलटोल, मेलापातमा समेत उनीहरूका काम कारवाही र गतिविधिमाथि औंला ठडिइरहेको छ ।
मतदाताले यस्ता प्रश्न गर्नुकाे पछाडिका कारणहरु छन् । ती हुन्, विकासमा नाममा सुरू गरिएका तर अलपत्र छोडिएका सडक, ढल, बाटोघाटोको अवस्था, प्लटिङ्माग सहज हुने गरी खोलिएका बाटाहरू । त्यस्तै, कौडीको मोलमा किसानका खेतीयोग्य जमिन खरिद गर्ने, त्यहाँ ‘भूमाफिया’को चाहनाअनुसार सार्वजनिक जग्गा, राजकुलो, पानीका मुहान, प्राकृतिक भू-बनोट मासेर प्लटिङ्ग गर्ने र भूमाफियासँगको मिलोमतोमा जनप्रतिनिधि र उनीहरूकै जिल्ला नेता जग्गा कारोबारमा संलग्न हुनुलाई नजिकबाट नियालिरहेका छन् ।
त्यसो त भक्तपुरका स्थानीय तहहरूलाई स्मार्ट सिटी बनाउने, रंगशाला बनाउने प्रचार गरेर किसानका जमिन कौडीको मूल्यमा किनेर प्लटिङ्ग गर्ने र करोडौं कुम्ल्याउने काममा प्रत्यक्ष, परोक्ष रुपमा जनप्रतिनिधि संलग्न भएको यहाँ देखिदैछ । राजनीतिलाई सेवाभन्दा पनि कमाउ धन्दामा परिचालन गरेर जनप्रतिनिधिले भूमाफियाको संरक्षक बन्नु बिडम्बना नै मान्नु पर्दछ । एउटै काममा वडा, नगर, प्रदेश तथा उपत्यका विकास प्राधिकरण, सडक विभागको बजेट खर्च गरिएको छ ।
विकासको नाममा नगरपालिका आफैले बनाएको नियम, नीति पनि मिचिएको छ । सूर्यविनायक नगरपालिकाको नगरपरिषद्ले १० लाख बजेटभन्दा माथिका योजना टेण्डर निकालेर गर्नुपर्ने निर्णय गरेको छ । तर, व्यवहारमा योजनालाई टुक्राटुक्रा पारेर लाखौंका काम उपभोक्ता समितिबाट गराउने प्रवृति बढेको छ । उपभोक्ता समितिमा आफ्ना निकट, समर्थक र आसेपासेलाई नगरको काम दिने, उपभोक्ता समितिले ठेकेदारमार्फत काम गरेर ठूलो रकम कमिसन खानुलाई सामान्य मानिन्छ । त्यसो त ठेकेदारलाई उधारोका काम लगाउने, पैसा उपभोक्ता समितिले लिने तर ठेकेदारले नपाएको गुनासा पनि सुनिन्छन् ।
त्यतिमात्र होइन, गारेटो बाटाेलाई चौँडा सडक बनाएर प्लटिङ्गसम्म पहुँच दिने प्रचलन पनि देखिन्छ । भैरहेका बाटाहरू मर्मतसम्भार नगर्ने तर प्लटिङ्गकसम्म पुग्नो बाटाेमा मात्र केन्द्रित हुनुलाई अर्थपूर्ण रुपमा हेरिँदैछ ।
उपभोक्ता समितिको नाममा नीतिगत भष्ट्राचारले टोलटोलमा प्रश्रय पाएको देखिन्छ । युवाहरुलाई उपभोत्ता समितिमा राखेर राज्यकोषको पैसा जथाभावी उडाउने अवसर जुटाइको छ । पाँच वर्षको यस अवधिमा देखिएको सबैभन्दा खतरनाक पक्ष भनेकै समाजका तल्लोतहसम्म भष्ट्र प्रवृति मौलाउनु हो ।
नगरपालिका र वडाहरूमा आफ्ना समर्थक, पार्टी कार्यकर्ताका काम सहज किसिमले गर्ने, अन्य पार्टीका नागरिकको काममा ढिलासुस्ती गर्ने, नक्सापास, निर्माण सम्पन्न जस्ता कामलाई बिचाैलियामार्फत धेरै खर्चिलो बनाउने प्रवृतिले प्रश्रय पाएको छ । नगर वा वडाको काम गर्नुपर्दा पार्टीको सदस्यता लिनुपर्ने नीति पनि एमाले नेतृत्वका नगरपालिका, वडा अध्यक्षका जनप्रतिनिधिहले अख्तियार गरेको देखिन्छ ।
कांग्रेस नेतृत्वको गठबन्धनले ‘उधारोमा मत दिनुस्, भाेलि ब्याजसहितको विकास र समृद्धि दिन्छौँ’ भन्दै मत माग्दैछन् । सासक होइन, सेवक बन्छौं भन्दै प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नगरको नेतृत्वमा फेरी पुरानै अनुहार निर्वाचित भए स्थापित बेतिथि अझ झागिँदै जाने खतरा छन् । अर्कोतर्फ नयाँ अनुहार नेतृत्वमा निर्वाचित भएको अवस्थामा पनि समाजमा देखिएको भष्ट्रचारी प्रवृति, नातावाद, पार्टीवाद प्रमुख चुनौती बन्ने निश्चित छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend