Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • शताब्दी पुरानो खोकनामा एमालेका उम्मेदवार, मन्दिर निर्माणमा बजेट थप्नेदेखि विश्व सम्पदा सूचीमा राख्ने आश्वासन 


    सोमबार, बैशाख २६ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौ ।  स्थानीय तहको निर्वाचन आउन चार दिन बाँकी रहँदा उम्मेदवारको घरदैलो कार्यक्रमले तिब्रता पाएको छ । ललितपुर महानगरमा एमालेका उम्मेदवारको घरदैलो अभियान ऐतिहासिक नगरमा केन्द्रित भएको छ ।

    सोमबार बिहान शताब्दी पुरानो दशैं नमनाउने गाउँ खोकनामा पुग्दा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्न्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ऐतिहासिक नगरी विकासमा आफूहरुले विशेष प्याकेज घोषणा गर्ने बताए ।  

    चुनावी घोषणापत्रसहित २१ नम्बर वडावासीको घरदैलोमा पुग्दा उनीहरुले खोकनालाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने विषय मुख्य प्राथमिकतामा रहेको बताए । खोकनाभित्र सानो र ठूलो गरी दुई खोकना छन् । यहाँको सिकाली जात्रालाई विशेष सांस्कृतिक जात्राको रुपमा अघि बढाइने मेयर उपमेयरको भनाइ थियो । उनीहरुले जनताको आश्वासन ग्रहण गर्दै यी समस्या समाधान गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

     भूकम्पले ध्वस्त ऐतिहासिक रुद्रायणी मन्दिर पुननिर्माण जारी रहेको अवस्थामा मन्दिर परिसर अवलोकन गर्न वडाध्यक्षका उम्मेदवार ज्ञानभक्त महर्जन र वडा सदस्यसहित पुगेका दुई उम्मेदवारले ललितपुर महानगरपालिकामा मेयर, उपमेयर र  सबै वडामा एमालेको सत्ता हुने बताएका थिए ।

    रुद्रायणी मन्दिर जिर्णोद्धार हँुदै गर्दा रकम अपुग भए एमालेले सहयोग गर्नेछ–मेयर र उपमेयरका उम्मेदवारले भने । मन्दिर जिर्णोद्धार गर्न ओली सरकारर्ले बजेट विनियोजन गरेको थियो । कार्यक्रमा मेयर र उपमेयरका उम्मेदवारले खोकना, बुंगमती, हरिसिद्धी , सुनाकोठी लगायत ऐतिहासिक नगरको विकास गर्न एमालेको नेतृत्व अनिवार्य रहेको बताए ।

      सो वडाका उम्मेदवारले एमाले विजयी भएमा खोकना क्षेत्रलाई पर्यटकीय हब हनाउने घोषणा गरेका थिए । खोकनालाई तेलको शहरको रुपमा पनि चिनिन्छ । यहाँको तेल विश्वभर प्रसिद्ध छ ।

     घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मदवार ज्ञानभक्त डंगोलले घोषणापत्रमा उल्लेख भएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे । अघिल्लो निर्वाचनमा वडा सदस्य विजयी भएका डंगोलको नेतृत्वमा लक्ष्मीशोभा डंगोल, सालिकराम महर्जन र हरिराम डंगोल छन् । सो वडामा दलित महिलाले उम्मेदवारी दिएका छैनन् ।

     प्रतिबद्धतापत्रमा  खोकनामा एमालेले विजय हासिल गरे समुदायको सहभागितामा योजना तयार गर्ने, भ्रष्टारचार शून्य गर्ने, जनसेवकको नेतृत्वमा अवधारणा तयार गरी लागु गराउने, सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउने, प्राबिधिक शिक्षामा जोड दिने, स्वस्थ आहार विहार, सुखी खोकनावासीको आधार अवधारणालाई कार्यन्वयन गर्ने, जात्रामा सबैको स्वाथ्य परीक्षणको व्यवस्था गर्ने, स्वाथ्य चौकीको स्तरोन्नति गर्ने, उद्यमशीलता विकास, शिक्षित युवालाई लोकसेवा, न्याय, शिक्षकसेवा सुरक्षा र वैदेशिक रोजगारी कक्षा सञ्चालन गर्ने, खोकनालाई तरकारी र धानमा आत्मनिर्भर गराउने, युवालाई ब्यवसाय–सञ्चालनमा ऋण दिने लगायतका प्रतिबद्धता समावेश गरीएको छ ।

     वडाले बालबालिका र जेष्ठ नागरिक, युवा र खेलकुद, भौतिक पुर्वाधार, सुशासन समानता लगायत विषय समावेश छन् । वडाध्यक्षका उम्मेदवार डंगोलले वडामा एमालेको नेतृत्व आएमा तत्काल योजना तयार गरी कायान्वयन गर्ने बताए । उनले भने–ऐतिकासिक नगरी खोकनालाई पर्यटकीय हब बनाउन आफ्नो टिम पूर्णरुपमा खटिने छ । एमालेले जारी गरेको प्रतिबद्धतापत्र कार्यान्वयन गर्न वडाकै विज्ञसहितको विशेष टोली निर्माण गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार