धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई साेमबार भाेट मागेका हुन् ।
सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपाेर्ट आफूसमक्ष आएको भन्दै त्यसले तालमेलमा बाधा पुर्याउन सक्ने आशंकासमेत व्यक्त गरे । उनले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिए । सोही क्रममा उनले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उनले भोट मागेका हुन् ।
पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिएकी थिइन् । गठबन्धनकाे उम्मेदवारविरुद्ध बागी दिएकाे भन्दै उनलाई कारबाही गरिएको थियो । तर सोमबार भने उनले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गरे ।
‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उनले भने, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उनले भने, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’
उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गरे । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । कांग्रेसले पनि अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।
प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ। आजै धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend