Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • यो चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई मत दिनु- प्रचण्ड


    सोमबार, बैशाख २६ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् । 

    आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह समेत गरेका छन्।

    ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्’ प्रचण्डको भनाइ छ, ‘त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’

    उनले अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका छन्।

    280184192_532658348224566_7245908540584481151_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार