Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो रहनेछ आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना


    सोमबार, बैशाख २६ २०७९
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको  संयुक्त प्रभाव रहेको छ ।

    बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । 

    दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती  र गण्डकीका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

    मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बुधबार प्रदेश १, बागमती र  लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार