महाेत्तरी । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।
तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्याण्डसहितको समूहले सहर, गाउँमा असान्त बनाउदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।
उम्मेदवारले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् भने आचारसंहिताको न्यूनतम पालनासमेत गरेका छैनन् ।
उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थक मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, विद्यालयमा पनि केन्द्रित भएकाे देखिन्छ ।

निर्वाचन आयोगले व्यानर राख्न समेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र बस्तीमा पार्टीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ ।
खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दललाई निगरानी भइरहेको छ । ‘झण्डा तथा प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौँ, फेरि दोहोर्याएमा कारबाही प्रक्रिया अगाडि बढाउछौँ,’ उनले भने ।
सुरक्षा संयन्त्र लगाएर प्रचार सामग्री बजारका चोकबाट हटाए पनि राजनीतिक दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।
निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागूगरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् । २५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार माेटरसाइकल र गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनकाे भनाइ छ ।
आयाेगले आचारसंहिता बनाउने तर, कारबाही गर्ने हिम्मत नगर्दा समस्या बनिरहेको बर्दिबासका स्थानीय भास्कर दाहालले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend