Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड पोखरा जाँदै


    आइतबार, बैशाख २५ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कास्कीको पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । 

    यसअघि हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । 

    त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएकोे नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए । 

    संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए । 

    प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार