तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए ।
उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उदेश्य नेपाली कांग्रेससँग छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु पर्छ ।’
उनले स्थानीय तह निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै हुन लागेको बताए । ‘स्थानीय तह निर्वाचन हुने माहोल बनेको छ । चुनाव हुन्छ र हुँदैन भन्दाभन्दै हुने भयो त । कसैले पत्याएका थिएनन् । गठबन्धनको एउटै उदेश्य छ स्थानीय पालिकादेखि राष्ट्रियसम्म जाने,’ उनले भने ।
उनले तनहुँमा गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन् ।
भाषणको अन्तिममा उनले फेरी गठबन्धनलाई सफल पार्न आह्वान गरे । ‘अन्तमा मलाई धेरै भन्नु पनि छैन् । आजै यहाँबाट जनकपुर जानु छ, काठमाडौँ फर्कनुछ । भोलि दाङ पोखरा जाने भएकाले धेरै बोल्न नसकेकोमा म माफी चाहान्छु । यति भन्दै फेरी पनि भन्छु म गठबन्धनलाई सफल पारौँ । गठबन्धनलाई सफल पारौँ । गठबन्धनको खिलाफमा लागेका तत्वलाई गठबन्धनलाई जिताएर दबाब दिन पनि हार्दिक अनुरोध गर्न चाहान्छु ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend