Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैले चुनाव लड्दा आकाश खस्ने,पाताल भासिने हो ?: जगन्नाथ पौडेल


    शनिबार, बैशाख २४ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका  मेयरका उम्मेदवार जगन्नाथ पौडेलले  आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको बताएका छन् ।

    आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए ।

    शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘‘प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ रु कुनै व्यक्तिले चुनाव लड्छ जित्ला,  कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो । ‘

    उनले गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, ‘मेयर उठ्दा देशै बर्बाद हुनेभयो । गठबन्धन टुट्ने भयो । आकाश खस्ने भयो । पाताल भासिने भयो ।  अचम्मै भयो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार