Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरमा आजबाट माइकिङ बन्द


    शनिबार, बैशाख २४ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको हो ।

    जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत् हुने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार