Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति शर्माकाे निर्देशन- सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नु


    शुक्रबार, बैशाख २३ २०७९
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्। 

    तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को हिजाे निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हुन्।

    भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तर्क्रिया समेत गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जनाएको छ।

    निर्देशनालयका अनुसार उनले आजै रूपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गरेका थिए।

    यस्तै, प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गरेको निर्देशनालयले जनाएको छ।

    भ्रमणका क्रममा उनले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार