Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै जानु दुर्भाग्यपूर्ण: भट्टराई


    शुक्रबार, बैशाख २३ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेकाे बताएका छन् ।

    स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएकाे छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

    ‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् !लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं१कुनै आकाश खस्दैन,’ उनले ट्वीट गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार