मुख्यमन्त्री राउतले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन छ।
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन आचारसंहिताको ठाडै उल्लंघन गरेका छन्। उनी गृह जिल्ला पर्सामा जसपाका उम्मेदवारका लागि चुनावी प्रचारमा व्यस्त छन्।
लालबाबु राउत जसपा आबद्ध हुन्। वीरगन्ज–१५ लक्ष्मणवामा जसपाले बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्ना उम्मेदवारका लागि भोट माग्दै भाषण पनि गरे।
बिहीबार नै दिउँसो गृहगाउँ पर्साको जगरनाथपुर गाउँपालिका–१ मा जसपाले आयोजना गरेको कोणसभामा सहभागी भई सम्बोधन गरे। जसपाको चुनावी कार्यक्रममा जाँदा मुख्यमन्त्री राउत सरकारी गाडी मै जाने गरेका छन्।
नेपाली सेनासहितका सुरक्षाकर्मीलाई पनि उनले सँगै लैजाने गरेका छन्। मुख्यमन्त्री राउतले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन छ।
पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले नेपाल सरकारको सार्वजनिक लाभको पदमा बसेका जोसुकैलाई पनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले मुख्यमन्त्री राउतको हकमा पनि त्यो लागू हुने बताए। पौडेलले भने, ‘मुख्यमन्त्रीलाई पनि आचारसंहिता लाग्छ।
यदि कुनै कार्यक्रममा जाने हो भने निर्वाचन आयोगबाट पूर्वअनुमति लिनुपर्छ।’ तर, मुख्यमन्त्री राउतले चुनावी आचारसंहिता उल्लंघन गरेको लिखित उजुरी अहिलेसम्म नपरेकाले आफूहरूले मुख्यमन्त्रीविरुद्ध कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको पौडेलले बताए। ‘यदि कसैले लिखित उजुरी दियो भने हामीले त्यो उजुरी कारबाही प्रक्रियाका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन्छौं।’ अन्नपूर्ण पोस्ट्मा खबर छ । ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend