Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २७ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने, मदिरा बिक्री वितरणमा पनि कडाइ


    शुक्रबार, बैशाख २३ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।

    स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्‍न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ  ।

    यसैगरी, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मादक पदार्थ निषेध तथा बिक्री वितरण गर्न दिने भएको छ ।

    वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार