Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  एमालेले विराटनगरमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने


    शुक्रबार, बैशाख २३ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) ले आगामी २४ वैशाखमा विराटनगरमा चुनावी भेला गर्ने भएको छ । एमाले विराटनगर महानगर कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी भेला आयोजना गर्न लागेको हो । 

    भेलालाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले जानकारी दिए । 

    सोही दिन अध्यक्ष ओलीले मोरङ र सुनसरीका विभिन्न पालिकामा हुने कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी केन्द्रीय सदस्यसमेत रहेका संयोजक ढकालले जानकारी दिए ।
     
    ओलीले सोही दिन अपरान्ह विराटनगरका उद्योगी-व्यवसायी, नागरिक अगुवा तथा बुद्धिजीवीबीच चुनावी परामर्श गर्ने कार्यक्रम पनि रहेको छ । निर्वाचनलाई लक्षित गर्दै बुधबार मात्र विराटनगरमा सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले चुनावी सभा गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार