Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा घरमा आगलागी हुँदा वृद्धको मृत्यु


    शुक्रबार, बैशाख २३ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं.४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ ।

    आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार