Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएलः दिल्लीद्धारा हैदरावाद पराजित


    शुक्रबार, बैशाख २३ २०७९
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले  पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

    हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।

    दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै  रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार