सिरहा । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।
गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचार संहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।
जिल्लाको गोलबजार, मिर्चैैया, घनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहन, सिरहा लगायतका स्थानमा आचार संहिता उल्लंघन धेरै भए पनि स्थानीय प्रशासन मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारीसाधनमा निषेध गरिए पनि चुनाव प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ ।
यता, उक्त विषयमा गोलबजारका निवार्चन अधिकृत शिवप्रसाद अचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियोे भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए ।
भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समते प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् । सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजीनै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहतिा विपरित प्रचारप्रसार भइरहेको छ ।
कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend