Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोल्पामा कांग्रेस र माओवादीबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार डाँगी घाइते


    बिहिबार, बैशाख २२ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । गए राति रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्।

    बुधबार तालावाङ बजारमा भएकाे चुनावी सभा सकेर फर्कने क्रममा उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर डाँगीलाई रड प्रहार गरी घाइते बनाएको स्राेतले बताएकाे छ । 

    कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए।  ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने।

    उनलाई उपचारका लागि दाङ लगिएको छ। 

    आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार