काठमाडौँ। बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदमुकाम धादिङबेसी गएका छन् ।
धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब चार लाख मूल्य बराबरको सामान सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेशम तामाङले बताए ।
सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुईवटा ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डीजेल, चामल, खानेपानी पाईपसमेत गरी चार लाख मूल्य बराबरको सामान लुटिएको तामाङले बताए ।
सामान लुटपाटमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलबहादुर तामाङ संलग्न रहेको भन्दै दोषीमाथि कारबाही गर्न र लुटिएको सामान फिर्ता गरिदिन पसल सञ्चालक तामाङले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रशासनलाई पठाएको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई बुधबार नै पत्र पठाइ घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend