Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामचन्द्र पौडेलले भेटे भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथलाई 


    बिहिबार, बैशाख २२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्।

    भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो।

    जगन्नाथ कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए। तर यहाँ सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको छ। जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए।

    कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

    आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार