Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनले आज तिलोत्तमामा वृहत् आमसभा गर्दै, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने


    बिहिबार, बैशाख २२ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज वृहत् आमसभा हुँदैछ। सभा तिलोत्तमाको मणिग्राम (प्रदर्शनी लाग्ने मैदान)मा हुन लागेको हो।
    सभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको उपस्थिति रहनेछ। 

    कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले सभामा सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए।

    तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादीका हेमराज पाण्डे(हेमन्त) उम्मेदवार छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार