Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतले रुसी समर्थक पत्रकारमाथि पनि प्रतिबन्ध लगाउने


    बिहिबार, बैशाख २२ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बेलायतले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार बेलायतले बुधबार रुसलाई आफ्नो सेवाको फाइदा लिनबाट रोक्ने बताएको हो। यसमा लेखा जस्ता सेवाहरू पनि समावेश छन्।

    यसबाहेक रुस समर्थक समाचार आउटलेट र तिनका पत्रकारलाई पनि प्रतिबन्ध लगाउने तयारी गरिएको छ। समाचारमा जनाइएअनुसार युक्रेनबाट रिपोर्टिङ गर्ने रुसी समर्थक पत्रकारमाथि प्रतिबन्ध लगाउने तयारी गरिएको छ।

    वाणिज्य मन्त्री क्वासी क्वार्टेङले भने, ‘युक्रेनमा आक्रमण रोक्न विश्वस्तरीय व्यवस्थापन परामर्शदाता, लेखापाल र पीआर फर्महरूको पहुँचमा रोक लगाएर हामीले रुसमाथि आर्थिक दबाब बढाइरहेका छौं।’

    बेलायत सरकारले रुसले आयात गर्ने सेवामा आफ्नो १० प्रतिशत हिस्सा रहेको बताएको छ।

    रुसमाथि बढ्दो दबाबले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो वर्तमान अडान परिवर्तन गर्न सक्छ। तर, रुसले आफूमाथि प्रतिबन्ध लगाउने देशविरुद्ध बदला लिने चेतावनी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार