Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा


    बिहिबार, बैशाख २२ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३-१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो ।

    पहिलो लेगमा ४-३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका लागि अग्रसर सिटीलाई रोडिग्रोले इन्जुरी समयमा स्तब्ध बनाए ।

    ब्राजिलियन सब्सिटिच्युटले खेलको ९० औँ मिनेटमा करिम बेन्जेमाको पासमा गोल गरे भने ९० सेकेण्डपछि मार्को असेन्सियोको पासमा अर्को गोल गर्दै समग्रमा खेल बराबरी गरे । 

    लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल प्रवेश गर्ने आशा बनाइरहेको सिटीलाई अतिरिक्त समयमा थप झट्का लाग्यो । रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टीलाई पायो । जसलाई बेन्जेमाले सहजै गोलमा परिणत गर्दै टोलीको फाइनल यात्रा सुनिश्चित गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार