Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानको जनसङ्ख्या दिनप्रति दिन घट्दै, चिन्तामा सरकार 


    बिहिबार, बैशाख २२ २०७९
    395
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । जापानको राष्ट्रिय जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ । यो भनेको एकै वर्षमा मकाउको सिङ्गै जनसङ्ख्या हराउनु बराबर हो । 

    राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खतरामा पारिदिएको छ । 
    जापानमा विशेषगरी युवा वर्गको जनसङ्ख्या सबैभन्दा नराम्ररी प्रभावित हुँदै आएको पाइन्छ । सरकारले प्रजनन दर बढाउन लगातार प्रयास गरिरहँदा समेत १४ वर्ष भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ६ प्रतिशतले घटेको छ । 

    यसको अर्थ के हो भने आगामी दशक जापानी कार्यक्षेत्रमा प्रवेश गर्ने नागरिकहरुको सङ्ख्या एकदम कम रहनेछ । यसैगरी काम गर्ने उमेरका किशोरकिशोरी र वयश्क अर्थात १५ देखि ६४ वर्ष उमेरका नागरिकको सङ्ख्या पनि ३ प्रतिशतले घटेको पाइएको हो । 

    अर्कोतर्फ ६५ वर्ष माथिको उमेर पुगेकाहरुको सङ्ख्या चाहिँ ७ प्रतिशतले वृद्धि भएको हो । यो भनेको पहिले नै बूढो भइरहेको देशका लागि झन चुनौतिमय अवस्था हो । हाल जापानको २८.९ प्रतिशत जनसङ्ख्याले ६५ वर्ष उमेर पार गरेको छ । 

    विज्ञहरुका अनुसार कुनै उल्लेखनीय परिवर्तन नल्याएसम्म जापानको गिर्दो जनसङ्ख्याको ट्रेन्ड सजिलै उकालो लाग्न सक्नेछैन जसको मूल्य त्यहाँको अर्थतन्त्रले चुकाउनुपर्ने हुन्छ । 

    प्रजनन दरमा गिरावट जापानले सामना गर्दै आएको लामो समयदेखिको समस्या हो । हाल सरकारले बालबालिका हुर्काउने क्षमता वृद्धि गर्न उल्लेखनीय प्रयास गरिरहेको छ तर पनि प्रजनन दर उल्लेख्य रुपमा बढेको देखिँदैन । त्यसैले पनि यसको समाधान सजिलो हुनेछैन । 

    प्रभाव स्वरुप थुप्रै व्यवसायहरुले कर्मचारीको सङ्ख्या पर्याप्त कायम राख्न अवकाशको उमेर बढाएका छन् । त्यस्तै कतिले चाहिँ रोबोटिक्स र अटोमेसन प्रणालीतर्फ केन्द्रित हुँदै भविष्यको जनशक्ति अभावका लागि अहिलेदेखि तयारी गरिरहेका छन् । साउथ चाइना मर्निङ पोस्ट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार