खोटाङ । नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले वर्तमान गठबन्धन केपी ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध भएको बताएका छन् ।
खोटाङमा गठबन्धन दलले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले ओलीलाई मोहरा बनाएर मुलुकलाई असफल बनाउन उद्यत शक्तिका विरुद्ध वर्तमान गठबन्धन भएको बताएका हुन् । ‘हामी केपी ओलीविरुद्ध गठबन्धन गरिरहेका छैनौं । एउटा व्यक्तिका विरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन । केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थिर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिक्रियावादी शक्तिहरू लागिपरेका छन्,’ पूर्वसांसदसमेत रहेका राईले भने ।
अनुशासन आयोग प्रमुख राईले निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरेको दाबी गरे ।
अर्को प्रशंगमा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख राईले बाम लोकतान्त्रिक संयुक्त आन्दोलन नै नेपालको निकास भएको उल्लेख गरे । उनले मुलुकमा कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको ऐतिहासिक शिक्षाबाट वर्तमान गठबन्धन बनेको बताए ।
‘कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको छ । यो ऐतिहासिक शिक्षा हो । यो हाम्रो नेपाली जनआन्दोलनको इतिहासले स्थापित गरेको चरित्र हो,’ राईले भने, ‘यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वा अमुक मान्छेलाई मेयर उपमेयर बनाउन गठबन्धन भएको होइन । यो बाध्यताभन्दा पनि मुलुकको आवश्यकताले भएको हो । जन विरोधी, नेपाल विरोधी शक्तिले नेपाललाई अस्थिर, कमजोर र असफल राष्ट्र तुल्याउनका लागि गरिरहेको षडयन्त्रका विरुद्धमा लोकतान्त्रिक वाम शक्ति एक ठाउँमा उभिनुपर्ने आजको ऐतिहासिक आवश्यकताको हो ।’
उनले नेपालको जनआन्दोलनको चरित्र संयुक्त आन्दोलन भएको स्पष्ट पारे । लोकतान्त्रिक र बाम शक्ति एक ठाउँमा नउभिएसम्म कुनै पनि किसिमको परिवर्तन हुन नसकेको उनको टिप्पणी थियो ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमय, संघीय महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज समिता कार्की अस्मिता र नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव राजन आचार्यले गठबन्धनलाई तल्लो तहसम्म बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend