Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिखु गाउँपालिका अध्यक्षमा एमालेबाट उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी


    बुधबार, बैशाख २१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष)  विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

    उनीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट होमबहादुर बिष्टको नाममा दोहोरो नागरिकता लिएको तथा भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुरमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म विष्ट पक्राउ भने परिसकेका छैनन् ।

    लिखु गाउँपालिका(साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

    उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

    यस्ता बिवादित ब्यक्तिलाई एमालेले अध्यक्ष उम्मेदवार बनाएको विरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार