Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज आईजीपी सिंहको नियुक्ति निर्णयविरुद्धको रिटको सुनुवाइ हुँदै


    बुधबार, बैशाख २१ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ। एआईजी विश्वराज पोखरेलले  कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।

    उनले गत सोमबार वारेसमार्फत रिट दर्ता गरेका थिए। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ। 

    सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए। सरकारले सिंहलाई आइतबार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।  उनले सोमबार दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार