Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएलः गुजरात पन्जाबसँग पराजित


    बुधबार, बैशाख २१ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको  शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

    पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

    गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए ।  यस्तै,  रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।

    जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा  छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट  १६ अंक जोडेर शीर्ष स्थानमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार