Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थापितकाे आरोप- बालेनकाे शरीरमा मेराे टाउको राखेर ‘लौरोमा भोट हालौं’ भन्दै हिडेका छन्


    मंगलबार, बैशाख २० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले अर्का मेयरका उम्मेदवार बालेन शाह माथि गम्भीर आरोप लगाएका छन् ।

     

    मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा स्थापितले शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका हुन् ।

     नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

    बोलनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्‍याप भन्ने गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार