Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६२ लाख बराबरकाे चोरीको गहनासहित युवक पक्राउ


    मंगलबार, बैशाख २० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा झाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंह रहेका छन् ।

    प्रहरी चौकी राधापुरबा खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नं. २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित सिंहलाई पक्राउ गरेकाे हाे ।

    उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।

    सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको न्यौपानेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार