Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार, टाउको र शरीरमा गहिरो चोट


    मंगलबार, बैशाख २० २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।

     जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको हाे । 

    खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । 

    स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको छ ।

    माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।  

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार