काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फुयालले कांग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दल लगायका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सीमित भएको तर आफूले प्रतिबद्धतापत्र बमोजिम नै जनताको सेवा गर्ने बताए ।
कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट उपेन्द्र कार्की, नेकपा समाजवादीबाट कृष्णहरि थापा, एमालेबाट रामशरण ढुंगाना, राप्रपाबाट राजु फुयाल, राष्ट्रिय जनमोर्चाबाट सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम शर्मा चापागाईं, टपबहादुर थापा, बरुणकुमार लामा, मनिल फुयालको मेयरमा उम्मेदवारी दिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend