Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै


    मंगलबार, बैशाख २० २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे जाने भएका हुन् । 

    युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

    स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। 

    उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

    गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ । सोही कारण चुनावी माहोल बनाउन ओली आज झापा जान लागेका हुन् । 
    अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार