पोखरा । नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियाे ।
उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयर टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन् ।
पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयाे । उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।
हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन् । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।
पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले स्राेतले जनाएको छ । ‘उहाँसँग धेरै गुनासा थिए । ति गुनासा राख्नुभयो,’ ती नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend