Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा स्पाइसजेट बोइङ विमान ठूलो आँधीमा फस्दा ४० यात्रु घाइते


    सोमबार, बैशाख १९ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान एउटा ठूलो आँधीमा फस्यो।

    घटनापछि विमानमा सवार करिब ४० यात्री घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसमध्ये १० जनाको स्थिति गम्भीर छ।

    ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए। विमान अवतरण लगत्तै घाइतेलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो। उनीहरूले उपचार भइरहेको छ।

    आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा ल्याण्ड गर्न लागेको बेला आएको तुफानमा जहाज फसेको थियो। 

    त्यसपछि जहाज जोडसँग हल्लिएको थियो। क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए। विमान ठूलो दुर्घटनाबाट बच्यो। 

    हिन्दुस्तान टाइम्सका अनुसार पाइलटले सिट बेल्टको साइन अन गरेका थिए। यो सँगै फुड ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका थिए। 

    स्पाइसजेटका प्रवक्ताले घटनामा परी घाइते भएका यात्रुको सिघ्र स्वास्थ्य लाभको कमना गरेका छन्। घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्ने उनले बताए।

    चैत वैशाखमा पूर्वी भारतमा मेघ गर्जनका साथ चट्याङ पर्नुका साथै तिब्र गतिमा हावा चल्ने गर्छ। यसको असर भारतको झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशा राज्यमा धेरै पर्ने गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार