Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरे नयाँ निर्वाचनको माग


    सोमबार, बैशाख १९ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)  का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । 

    देशले ठूलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उनले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताए । 

    सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उनले स्मरण गरे । देशमा हजारौं समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार