Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोटनहम र एभर्टनको जित, चेल्सी पराजित


    सोमबार, बैशाख १९ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । 

    टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।

    जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ ।

    यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे ।

    जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ । 

    एभर्टनले ३३ खेलबाट ३२ अंक सहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार