Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाले सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई भ्रष्टाचार नगर्ने कसम खुवायो


    आइतबार, बैशाख १८ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । राप्रपाले चौतारा साँगाचोकगढी नगरपालिकामा  मेयर, उपमेयर र वडा अध्यक्षकाे उम्मेद्‌वारी दिएका आफ्ना नेतालाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको छ ।

    जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नाे पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलई भ्रष्टाचार नगर्ने कसम खुवाइएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनअघि काठमाडाैँमा भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए ।

    अध्यक्ष लिङ्देनको सोही उद्घोषबमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने वाचा गराएको राप्रपा जिल्ला अध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्मेद्‌वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार