Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धिरजप्रताप सिंह नेपाल प्रहरीको २९ औं आइजीपी नियुक्त


    आइतबार, बैशाख १८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई प्रहरीको महानिरीक्षक(आइजीपी) निय्ुक्त गरेको हो ।

    गृहमन्त्री बालकृष्ण खाँण एआइजी विश्वराज पोखरेललाई आइजीपी बनाउन चाहन्थे । तर प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेललाई तत्कालीन खड्ग ओली सरकारले सिस्टम बिगारेर बढुवा गरेकाले उनलाई बढुवा नगरी सिंहलाई आइजीपी नियुक्त गरेका छन् । 

    धिरजप्रताप सिंह नेपाल प्रहरीका २९ औं आइजीपीका रुपमा ११ महिना कार्यकालसम्म कार्यभार सम्हाल्नेछन् । बीचमा ३० बर्षे सेवावधि हटेमा उनले थप कार्यकाल आइजीपी हुने मौका पाउनेछन् । नेपाल प्रहरीमा ४ जना एआइजी आइजीपीको प्रतिस्पर्धामा थिए । गृहमन्त्रालयले एआइजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको थियो । यीमध्येबाट मन्त्रिपरिषदले सिंहलाई आइजीपी नियुक्त गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार