काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका तीनसहित १० उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी दुर्गाजयन्ती राई, जसपाका सूर्यबहादुर राई, स्वतन्त्र उम्मेदवार विकास राई र उपमेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का भागवत घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मेयर र उपमेयरका उम्मेद्वारले गठबन्धनका उम्मेद्वारलाई सघाउनेगरी उम्मेद्वार फिर्ता गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । तर, कांग्रेसभित्र टिकटको किचलो भएपछि अन्य पार्टीबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको थियो । कांग्रेस प्रदेश १ ले धर्मराज पोखेरल र केन्द्रले तिर्थराज भट्टराईलाई टिकट दिएपछि कांग्रेसभित्र टिकटको विवाद चर्केको थियो । अन्तमाः पोखरेलले भट्टराईलाई मेयरको टिकट छाडेपछि अन्य दलकातर्फबाट परेका उम्मेद्वारी फिर्ता भएको हो ।
१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ वडाध्यक्ष र एक वडा सदस्यले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि गठबन्धनबाट भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई, एमालेबाट मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेवी राई, राप्रपाबाट मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रकुमारी राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा सुवास राई चुनावी मैदानमा छन् ।
हलेसी तुवाचुङमा दुई उपमेयर चुनावी मैदानबाट बाहिरिए
हलेसी तुवाचुङ नगरपालिकामा दुई उपमेयरसहित १३ जनाको उम्मेदवारी फिर्ता भएको छ । राप्रपाबाट उपमेयरका उम्मेदवार बनेका एबिना राई, नेकपा एकीकृत समाजवादीका भूमिराज राई सहितले मनोनयन फिर्ता लिएका हुन् । सो नगरपालिकामा तीन वडाध्यक्ष, चार खुला वडा सदस्य, दुई दलित महिला सदस्य र दुई महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, जसपाबाट मेयरमा अञ्जिल राई, राप्रपाबाट मेयरमा छत्र पुरी, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा बिनेश राई चुनावी मैदानमा छन् । कांग्रेसका मेयरमा उम्मेदवार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेका राई सो पार्टीका केन्द्रीय निर्वाचन आयोगको सदस्य छन् ।
जन्तेढुंगा गाउँपालिकामा अध्यक्षका एक र उपाध्यक्षका एकसहित ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाका अध्यक्षका उम्मेद्वार देवेन्द्र श्रेष्ठ, उपाध्यक्षका उम्मेदवार सीता राई लगायतले मनोनयन फिर्ता लिएका हुन् । सो गाउँपालिकामा वडाध्यक्षका एक, खुला वडासदस्यका दुई र महिला सदस्यका एकले उम्मेद्वारी फिर्ता गरेका छन् । जन्तेढुंगामा अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राई चुनावी मैदानमा छन् ।
केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पासहित सात जनाले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका एक जनाले मनोनयन फिर्ता लिएका छन् ।
केपिलासगढीमा कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेद्वारी दिएका छन् । केपिलासगढी गाउँपालिकामा कांग्रेस बाहेकको गठबन्धन बनेको हो ।
साकेला गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा उम्मेदवारी दिएका कबि राईले उम्मेदवारी फिर्ता लिएका छन् । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रविप्रकाश राई र उपाध्यक्षमा सरिता खड्का उठेका छन् ।
यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का, उपाध्यक्षमा दिलकुमारी राई र जसपाबाट उपाध्यक्षमा जयकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । साकेलामा उपाध्यक्षमा गठबन्धनकै दुई जनाको उम्मेदवारी परेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend