Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्घटना हुनबाट जोगियो वुद्ध एयरको जहाज, टायर पड्किएर उडान-अवतरण अवरुद्ध


    शनिबार, बैशाख १७ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ ।

    भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

    उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

    अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार