Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा कोभिडः बृद्धबृद्धालाई क्वारेन्टिनमा सास्ती


    शनिबार, बैशाख १७ २०७९
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी तालाबन्दीले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ दखिएको छ । उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धा छन् । 

    संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरु राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ । त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ ।

    सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ । आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्रमा अस्वच्छ रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन् । हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार