Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरमा एमालेका एक सदस्य निर्बिरोध


    शनिबार, बैशाख १७ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध हुनुभएको हो ।

    यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्बिरोध हुनुभएको हो । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन । नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन ।

    सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी खुसी व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार