काठमाडौँ । जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ ।
वडा अध्यक्षमा ४ सय २५, खुल्ला सदस्यमा ७ सय ३९, महिला सदस्यमा ३ सय ६६ र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको छ ।
रत्ननगर नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ८, खैरहनीको प्रमुखमा ७, उपप्रमुखमा ४, राप्तीको प्रमुखमा ८ र उपप्रमुखमा ५, कालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ५ र माडीको प्रमुखमा ५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी कायम छ ।
उम्मेदवारी फिर्ता लिने समय अवधिमा ३ सय १९ ले उम्मेदवारी फिर्ता लिएको कार्कीले जानकारी दिए । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् ।
जसमध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० बजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend