Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राक्सिराङ गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध


    शनिबार, बैशाख १७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनअन्तर्गत राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडामा दलित महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्विरोध भएकी हुन् । 

    उक्त पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताए । यद्यपि, निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार