Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयरका उम्मेदवार स्थापितलाई कारवाही गर्न ४५ अधिकारवादी संघसंस्थाको माग


    शनिबार, बैशाख १७ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट काठमाडौं महानगर प्रमुख  पदको उम्मेदवारी पाएका केशव स्थापितलार्ई कारवाही गर्न अधिकारवादी संघसंस्थाले माग गरेका छन् ।  केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन् ।
    ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

    साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन् ।

    यस्तो छ महिला अधिकारवादी संस्थाले निकालेको बिज्ञप्ति 

    orek.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार