Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमालयन एयलाइन्सकाे शौचालयमा लुकाएर सुन तस्करी, कर्मचारीसहित ५ जना पक्राउ


    शुक्रबार, बैशाख १६ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

    विमानस्थल स्राेतका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ गरिएकाे हाे ।

    पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

    उनीहरुले हिमालय एयलाइन्स विमानकाे शौचालयमा लुकाइएको सुन पास गराउन खोजेकाे तर चेकजाँचका क्रममा पक्राउ परेका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार