Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको चेतावनी- बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित हुनुपर्ला


    शुक्रबार, बैशाख १६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी  फिर्ता नलिए पार्टीबाट गर्ने चेतावनी दिएकाे छ ।

    कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै यदि बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी  फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गर्ने चेतावनी दिएकाे हाे ।

    कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।

    ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

    हेर्नुस् प्रेस विज्ञप्ति-

    Congrss-Statetment.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार