Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राप्रपा हेटौँडाका उम्मेदवारकाे मन्दिरमा सपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’


    शुक्रबार, बैशाख १६ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।

    हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो’ भनेर सपथ लिएका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।

    मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँकाे सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए ।  उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार